नेप्सेमा नेको इन्स्योरेन्स र सपोर्ट लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 05:01:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  आज मंगलबार २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेको इन्स्योरेन्स र सपोर्ट लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो 

आज नेको इन्स्योरेन्सको १५ प्रतिशतले हुन आउने २२ लाख ८२ हजार ४ सय ५० दशमलव ६१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै सपोर्ट लघुवित्तको ३० प्रतिशतले हुन आउने १ लाख ९८ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो। यी २ कम्पनीको गरि कुल २४ लाख ८० हजार ४ सय ५० दशमलव ६१ कित्ता बोनस शेयर सुचिकृत भएको छ

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved