
शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफा तथा जगेडाबाट हाललाई लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो ।
कम्पनीले बीमा समितिले तोकेको अवधि भित्र नै २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउने बताएको छ । बीमा समितिले तोकेको अवधि भित्र नै २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनको लागि जेग्दाकोषमा पर्याप्त रकम रहेको कम्पनीले जनाएको छ।
कम्पनीले कम्पनीको आ.व.२०७७१७८ को बीमा समितिबाट जारी वित्तीय विवरण तयार गर्ने सम्बन्धि निर्देशन बमोजिमको वित्तीय विवरणहरुको साथै नेपाल वित्तीय प्रतिवेदनमान अनुरुपको वित्तीय विवरणहरु पारित गरी बीमा समितिको स्विकृतार्थ पेश गर्ने निर्णय पनि गरेको छ।
कम्पनीले भनेको छ 'कम्पनीको १५ औं तथा १६ औं वार्षिक साधारण सभाको निर्णय बमोजिम जारी गरिएको ३० प्रतिशत हकप्रद शेयरको बाँडफाँड तथा सुचिकरण पश्चात कम्पनीको चुक्ता पुँजी रु.२,२८६,०८१,२०० हुने र बीमा समितिबाट जारी गरिएको पुँजी सम्बन्धि निर्देशन बमोजिम २०७९ चैत्र मसान्त सम्म कम्पनीको चुक्ता पुँजी रु. २५० करोड पुऱ्याउन कम्पनीको आ.व.२०७७७८ सम्मको जगेडाकोषमा पर्याप्त रकम भएको र निर्धारित समयभित्रै न्युनतम चुक्ता पुँजी कायम गर्न सकिने भएतापनि बीमा समितिबाट जारी गरिएको जोखिममा आधारित पुँजी सम्बन्धि निर्देशिकाको अध्ययन गरि कम्पनीको व्यवसाय अनुकुल आवश्यक चुक्ता पुँजी सम्बन्धमा कम्पनीले हाल गरिदै आएको विमाकिय अध्ययन/ मुल्याकंन बमोजिम आउँदा दिनमा कम्पनीको चुक्ता पुँजीको पर्याप्तता कायम हुने/नहुने सम्बन्धमा विश्लेषण गरी निर्णय गर्नुपर्ने देखिएको तथा अन्य कम्पनीहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने तथा कम्पनीको अन्य व्यवसायिक रणनीति अनुरुप अन्य कम्पनीसंग गाभ्ने / गाभिने वा प्राप्तिको वातावरण सृजना भएमा सो पश्चात कायम हुने चुक्ता पूँजीको सम्बन्धमा समेत आवश्यक अध्ययन तथा विश्लेषण गरी निर्णय गर्नु वाञ्छनीय भएकोले बीमा समितिबाट जारी समय सिमा भित्रै चुक्ता पुँजी रु. २५० करोड पुयाउने गरी आ.व. २०७७१७८ सम्मको जगेडाबाट हाललाई लाभांस प्रस्ताव नगर्ने निर्णय गरियो। '