४/१२ को व्यबस्था संशोधन हुने अर्थ मन्त्रीको संकेत (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2022 | 06:06:16 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले ४/१२ को ब्यबस्था संशोधन हुन सक्ने संकेत गरेका छन् । नेपाल आर्थिक संघ , अर्थ मन्त्रालय र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले संयुक्त रुपमा आयोजना गरेको बजेटबारे अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले ४/१२ को ब्यबस्था संशोधन हुन सक्ने संकेत गरेका हुन्।

कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका पूर्व कार्यकारी निर्देशक तथा हाल कृषि विकास बैंकका संचालक विनोद कुमार गुरागाईले बजेटमा शेयर लगानीकर्तालाई खुसि पार्ने कुनै नीति नआएको र लगानीकर्तालाई राहत हुने गरि  ४/१२ को नीति संशोधन गर्न मन्त्री शर्मालाई सुझाव दिएका थिए । बजेटमा लगानीकर्ताको मनोबल बढ्ने गरि केहि नआएको र त्यसकै कारण बजार क्र्यास हुने अवस्थामा पुगेको उनले बताएका थिए ।

जवाफमा मन्त्री शर्माले शेयरबजारको लागि पर्याप्त नीति आएको बताए । उनले बजेटमा नआएका विषय मौद्रिक नीति मार्फत सम्बोधन हुने बताए । उनले भने 'यहा उठेका कतिपय विषय मौद्रिक नीतिले सम्बोधन गर्ने गरि आउँला, आउनै पर्छ, त्यहिबाट सम्बोधन होला, विगतमा भएका निर्णयहरुका बारे जानकार नै हुनु हुन्छ, त्यसमा धेरै गईरहनु नपर्ला'।

उनले १ अर्बको चुक्ता पुँजी भएको कम्पनी, ५ अर्बको कारोबार भएका कम्पनी सुचिकृत हुनु पर्ने ब्यबस्था, विदेशमा रहेका नेपाली श्रमिकलाई आईपिओमा १० प्रतिशत आरक्षण दिने ब्यबस्था, जस्ता विषय बजारको लागि सकारात्मक भएको बताए ।


हेर्नुस् भिडियो : 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved