एनआईसी एसिया क्यापिटलको म्युचुअल फण्ड आजबाट बिक्रि खुला, १३६ प्रतिशत प्रतिफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 08:21:29 AM मा प्रकाशित

nepal oil ltd

एनआईसी एसिया क्यापिटल NIC Asia Capital  ले आज जेठ १९ गते देखि  एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड नामको सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गरेको छ  यो योजना १ अर्ब आकारको बन्दमुखी प्रकृतिको योजना हो ।  क्यापिटलले योजनाको  प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गरेको हो 

जस मध्ये बिज पुँजी वापत न्युनतम १ करोड ५० लाख कित्ता वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक एनआईसी एसिया बैंकको लागि सुरक्षित गरिएको छ । बाँकि रहेको न्युनतम ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

यस निष्काशनमा न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकैईको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा जेठ २४ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असार २ गतेसम्म  आवेदन दिन सकिने छ । यो योजना एनआइसी एसिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने छ । यो ७ वर्षे अवधिको योजना हो । 

 एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो वन्दमखी योजना हो । योजनामा सकलित अधिकाश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरी जन क्याप भित्र रहेका कम्पनीहरुवाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ ।

 इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि-आस्वा (C-ASBA) सेवामा सहभागी सम्पूर्ण वैक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको “मेरो शेयर" सफ्टवेयर मार्फत आवेदन दिनु पर्नेछ।

क्यापिटलले उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरेको छ । क्यापिटलले गरेको प्रक्षेपणको आधारमा अहिले १० हजार लगानी गर्नेले ७ वर्षको अवधिमा करिब २३ हजार प्रतिफल पाउने छन् । आफुले लगानी गरेको १० हजार सहित ७ वर्षमा ३३ हजार फिर्ता हुने छ । अर्थात् लगानी दोब्बर भन्दा पनि बढी हुने छ । 

 न्याभको प्रक्षेपण 



  लाभांशको प्रक्षेपण 


इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र परिचय पत्र जारी भएका व्यक्ति, प्रचलित कानुन बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्ने छन् । 

पछिल्लो समयमा धितोपत्रको दोश्रो बजार घटेर तल्लो विन्दुमा आइसकका अवस्थामा म्युचुअल फण्ड मार्फत गरिएको लगानीले राम्रो प्रतिफल दिन सस्ने हंदा धितोपत्र बजार सम्बन्धी ज्ञान नभएका तथा सक्रिय रुपमा शेयर बजारमा समय दिन नसने गाडी गरी उचित लाभ लिन सक्ने कम्पनीले जनाएको छ। 

भिडियोमा हेर्नुस्  यो सामुहिक लगानी कोष योजना कसको लागि उपयुक्त हुन्छ र कति प्रतिफल पाउन सकिन्छ ? 

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved