राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 08:33:48 AM मा प्रकाशित

laxmi  sunrise bank

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज जेठ २४ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो ।

कम्पनीले यी जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गरेको हो । आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले छिटोमा असार ७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने मुक्तिनाथ क्यापिटल सह बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निश्कह्सं गर्ने छ । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved