अभियान लघुवित्त, धौलागिरी लघुवित्त र सिक्लेस हाइड्रोले पाए आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2022 | 01:16:48 PM मा प्रकाशित

laxmi  sunrise bank

अभियान लघुवित्त, धौलागिरी लघुवित्त र सिक्लेस हाइड्रोले आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार २४ गते यी २ लघुवित्त कम्पनीलाईआईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । सिक्लेस हाइड्रोले असार २३ मा अनुमति पाएको हो  ।

बोर्डको अनुमति पाएसंगै धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने  छ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सन्राइज क्यापिटललिई निष्काशन तथा बिक्रि प्रबन्धक तोकेको छ । वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

त्यस्तै अभियान लघुवित्तले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने छ।  हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६÷६÷१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय पनौती, काभ्रेमा रहेको छ । 

त्यस्तै सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।  कम्पनीले विक्री प्रबन्धकमा  बिओके क्यापिटल रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved