ग्लोबल आईएमइ बैंकको खुद नाफा ५ अर्ब बढी, प्रति शेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 07:54:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा ग्लोबल आईएमई बैंकको खुद नाफा २५ प्रतिशतले बढेको छ। बैंकले सर्वजनिक गरेको  चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफा ४ अर्ब १६ करोडबाट बढेर ५ अर्ब २० करोड पुगेको छ 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १९ करोड रहेको छ ।  समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड पुगेको छ 

बैंकको निक्षेप ३.३७ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३.०७ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब पुगेको छ । २३ अर्ब ७९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १३ अर्ब ३५ करोड रहेको छ । बैंकको खराब कर्जा १.२२ प्रतिशत रहेको छ ।  

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा र प्रति शेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved