१३२.७२ प्रतिशतले बढ्यो कालिका लघुवित्तको खुद नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 08:05:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा कालिका लघुवित्तको खुद नाफा १३२.७२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ करोड ५२ लाखबाट बढेर १२ करोड ८४ लाख पुगेको हो

 यस अवधिमा  कम्पनीको खुद ब्याज आम्दानी १.१३ प्रतिशतले बढेर २९ करोड ४७ लाख रहेको छ । कम्पनीले कर्जा प्रवाहको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटी २७.२५ प्रतिशतले बढेर १ अर्ब ३६ करोड पुगेको छ भने कर्जा प्रवाह ३०.३० प्रतिशतले बढेर ३ अर्ब ९१ करोड पुगेको छ । यस अवधिमा कम्पनीको निक्षेप २६.८० प्रतिशतले बढेर १ अर्ब ४६ करोड पुगेको छ 

३१ करोड २८ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २२ करोड ७३ लाख रहेको छ । यस अवधिमा बैंकको  प्रति शेयर आम्दानी ४१ रुपैयाँ ०७ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ १७२ रुपैयाँ ६८ पैसा रहेको छ 

बैंकको खराब कर्जा ६.२० प्रतिशतबाट घटेर ३.११ प्रतिशत कायम भएको छ । खुद ब्याज आम्दानी समान्य बढेपनि खराब कर्जा उलेख्य घट्दा कम्पनीको खुद नाफा १३२.७२ प्रतिशतले बढेको हो । खराब कर्जा उलेख्य घट्दा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको रकम पनि घटेको छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved