निफ्राको खुद नाफा १ अर्ब माथि, ५८२ प्रतिशतले बढ्यो कर्जा लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 09:27:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको खुद नाफा १ अर्ब नाघेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक ७८/७९ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २२.५३ प्रतिशतले बढेर १ अर्ब २ करोड ६१ लाख पुगेको हो 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८० करोड ८५ लाख रहेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा २२.६३ प्रतिशतले बढ़ी हो

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशतले बढेर १ अर्ब ८८ करोड पुगेको छ । त्यस्तै संचालन मुनाफा ४१.७२ प्रतिशतले बढेर १ अर्ब ८९ करोड पुगेको छ । बैंकको निक्षेप १५.०६ प्रतिशतले बढेर २ अर्ब १८ करोड पुगेको छ भने कर्जा प्रवाह ५८२ प्रतिशतले बढेर १५ अर्ब ५३ करोड पुगेको छ । 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४ रुपैंया ७५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०८.०४ रुपैयाँ रहेको छ । २१ अर्ब ६० करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ७३ करोड रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved