निफ्रा पनि अर्ब क्लबमा प्रवेश, ५८३ प्रतिशतले बढायो ब्यापार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 07:06:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। निफ्राले अघिल्लो आर्थिक बर्षको तुलनामामा २२।५३ प्रतिशतले बढाएर ८३ करोड ७ लाखबाट १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ। 

त्यस्तै खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड पुगेको छ भने संचालन मुनाफा पनि २३।१४ प्रतिशतले बढेर १ अर्ब ४६ करोड पुगेको छ। 

यस अवधिमा निफ्राले ४३ अर्ब ८ करोड निक्षेप संकलन गरेको छ भने १५ अर्ब ५३ करोड कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक बर्ष निफ्राको कर्जा लगानी २ अर्ब २७ करोड मात्रै थियो। 

निफ्राले आफ्नो व्यवस्था अर्थात कर्जा लगानी झन्डै ५८३ प्रतिशतले बढाएर १५ अर्ब ५३ करोड पुर्याएको हो।

यस अवधिमा निफ्राको चुक्तापुंजी २१ अर्ब ६० करोड रहेको छ भने रिजर्भ एण्ड सरप्लसमा १ अर्ब ७३ करोड रहेको छ।  

यस अवधिमा निफ्राको प्रति सेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा, प्रति सेयर नेटवर्थ १०८ रुपैयाँ ०४ पैसा, तथा मुल्य आम्दानीको अनुपात ५०।५२ गुणा रहेको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved