एनसीसी बैंकको नाफा २ अर्ब बढी, १०६ प्रतिशतले बढ्यो वितरणयोग्य मुनाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 08:19:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा एनसीसी बैंकको खुद नाफा ५१.९८  प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुदनाफा १ अर्ब ३३ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको नाफा बढेर २ अर्ब २ करोड पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशतले बढेर ४ अर्ब १५ करोड पुगेको छ । यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा १०६.२६ प्रतिशतले बढेर १ अर्ब ४७ करोड पुगेको छ । 

समिक्षा अवधिमा बैंकको निक्षेप २६.१६ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब पुगेको छ भने कर्जा प्रवाह २८.१३ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब पुगेको छ ।

११ अर्ब १३ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ३२ करोड रहेको छ । बैंकको खराब कर्जा भने बढेर १.९३ प्रतिशत पुगेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ १५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved