८७ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 08:44:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ८७.८२ प्रतिशतले बढेको छ ।  अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुदनाफा १४ करोड ३१ लाख रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको नाफा बढेर २६ करोड ८८ लाख  पुगेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी ६०.८४ प्रतिशतले बढेर ४२ करोड ७२ लाख पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा २० करोड ९५ लाख रहेको छ ।  

कम्पनीको सापटी ९.८३ प्रतिशतले बढेर ९ अर्ब ४५ करोड पुगेको छ भने कम्पनीको कर्जा प्रवाह २७.२२ प्रतिशतले बढेर १० अर्ब ४० करोड पुगेको छ । कम्पनीको खराब कर्जा शुन्य छ । 

९६ करोड ४४ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ४४ करोड ६ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ ८८ पैसा, र प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ६९ पैसा रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved