यी ४ तरिकाबाट हेर्न सकिन्छ राप्ती हाइड्रोको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 09:23:25 AM मा प्रकाशित

laxmi  sunrise bank
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बिहान क्यापिटल कै कार्यालयमा  शेयर बाँडफाँड गरेको हो ।

आईपिओमा  कुल १४ लाख ९१ हजार ७ सय २२ जनाबाट १ करोड ६२ लाख ७६ हजार ६ सय १० कित्ताको आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १४ सय २४ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १४ लाख ९० हजार २ सय ९८ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट २ लाख १७ हजार ६ सय ९४ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ७४ हजर २८ जना आवेदक हात खाली भएका छन् । 

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । जस अनुसार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/,  सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र राप्ती हाइड्रो कम्पनीको वेबसाइट https://raptihydro.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गरेको हो। 

सर्बसाधारणलाई निष्काशन गरिने  २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved