सानिमा माई हाइड्रोको लाभांश घोषणा, साधारणसभा र बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2022 | 10:18:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा माई हाइड्रोपावर लिमिटेड  Sanima Mai Hydropower  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ८९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने पस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले कार्तिक २ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved