कहिलेसम्म कायम इकाईधनीले पाउँछन् एनआईसी एशियाको म्युचुअल फण्डले दिने लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2022 | 08:46:12 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुले लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेका छन् । क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको थियो ।

क्यापिटलले संचालन गरेको खुल्लामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले लाभांश वितरणको लागि कार्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १४ गतेसम्म कायम इकाईधनीले मात्र फण्डले दिने लाभांश पाउँन सक्ने छन् ।  एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई ६ प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित वन्दमुखी योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले पनि लाभांश वितरणको लागि कार्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १४ गतेसम्म कायम इकाईधनीले मात्र फण्डले दिने लाभांश पाउँन सक्ने छन् ।   वन्दमुखी योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई १३ प्रतिशत (कर सहित) का दरले लाभांश प्रदान गर्ने भएका छन् ।

 एन आई एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । ब्यालेन्स फण्डले पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत प्रतिफल वितरण गरेको थियो  । त्यस्तै एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले पहिलो वर्ष १० प्रतिशत प्रतिफल वितरण गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved