एनसीसी बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2022 | 10:41:15 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले वितरण योग्य रकमबाट शेयरधनीहरुलाई हालको चुक्ता पूँजी  एघार अर्ब तेह्र करोडको ३.३६६३ प्रतिशतले हुन आउने सैंतीस करोड पचास लाख बराबरको बोनश शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने पचासी करोड तीन लाख चौसठ्ठी हजार पाँच सय बयासी रूपैया  नगद लाभांश गरि कुल ११.२९६७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो  ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।  हाल एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रक्रियामा छन्  ।

यस सँगै एनसीसी बैंक लाभांश घोषणा गर्ने तेस्रो वाणिज्य बैंक बनेको छ  । यस अघि सिटिजन्स र कुमारीले लाभांश घोषणा गरिसकेका छन्  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved