सोल्टी होटेलको लाभांश घोषणा, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2022 | 10:33:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सोल्टी होटेल Soaltee Hotel Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २१.३१५७ प्रतिशत नगद लाभांश गरि कुल २६.३१५७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो 

होटेलको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 

हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रहेको छ 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved