१०० प्रतिशतभन्दा धेरैले बढ्यो आरएसडिसी लघुवित्तको खुद नाफा, ईपीएस १८.९९ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 08:31:50 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक्व वर्षको पहिलो त्रैमासमा आरएसडिसी लघुवित्तको खुद नाफा १०० प्रतिशत भन्दा धेरैले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ८९ लाख खुद नाफा कमाएकोमा  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ३ करोड ८२ लाख पुगेको हो । यो १०१.९८ प्रतिशतको वृद्धि हो 

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशतले बढेर ७ करोड ६५ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा ११२.८८ प्रतिशतले बढेर ५ करोड ४६ लाख पुगेको छ । कम्पनीको सापटी ३९.९५ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड पुगेको छ भने लघुवित्तहरुलाई प्रदान गरेको कर्जा  ३७.६६ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ०.६ प्रतिशत रहेको छ 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०.३४ रुपैयाँबाट बढेर १८.९९ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रति शेयर नेटवर्थ १२६.९६ रुपैयाँ रहेको छ । कम्पनीको पीई रेसियो २५.५९ गुणा रहेको छ । 

कम्पनीको  चुक्ता पूँजी ८० करोड ५१ लाख रुपैयाँ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved