प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 10:20:08 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले  हाल कायम चुक्ता पूंजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार को १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि  १ करोड ९० लाख १८ हजार ४ सय २२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव वीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात लगानीकर्तामा बितरण हुने छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved