सानिमा बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 10:24:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशत नगद लाभांश गरि कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रहेको छ  । बैंकले १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशतले हुन आउने ११ करोड १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांश गर्ने प्रस्ताव गरेको हो  । बैंकले कुल १ अर्ब २४ करोड ३७ लाख ४६ हजार रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved