स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 10:12:56 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासमा ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यो अवधिमा ४८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको यो अवधिमा नाफा बढाएको हो । 

बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले कमाएको नाफामध्ये वितरणयोग्य नाफा ४८ करोड ५५ लाख ९८ हजार रुपैयाँ छ । 

बैंकको प्रतिसेयर आम्दानी पनि ११.९४ रुपैयाँले बढेर ३४.४२ रुपैयाँ पुगेको छ । प्रथम त्रैमासमा बैंकको प्रतिसेयर नेटवर्थ २०१.३२ रुपैयाँ, कस्ट अफ फण्ड ७.१४ प्रतिशत, आधारदर (बेस रेट) ९.२६ प्रतिशत, सीडी रेसियो ८३.९८ प्रतिशत र स्प्रेडदर ३.८७ प्रतिशत छ ।

आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले १ खर्ब ७३ लाख निक्षेप संकलन गरी ७९ अर्ब २१ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

बैंकको खराब कर्जाको अनुपात ०.७७ प्रतिशत छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved