पिपुल्स हाइड्रोको आईपिओ आज बाँडफाँड हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2022 | 11:15:42 AM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफाँड हुँदै छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज दिउँसो ४ बजे क्यापिटल कै कार्यालयमा आईपिओ बाँडफाँड गर्न लागेको हो 

कम्पनीले कार्तिक २५ गतेदेखि कार्तिक २९ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियो। कम्पनीले सर्बसाधारणलाई ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर निष्काशन गरेको हो  । यसमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको ८ लाख ६ हजार ३ सय ९० कित्ता शेयर पनि समावेश थियो ।  ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर मध्ये ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १ सय ९० कित्ता कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको थियो । त्यस्तै कुल निष्काशनको ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३ सय २० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको थियो  । बाँकि रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएक छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने थियो । 

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानिय स्थायी बासिन्दाहरुलाई  ३२ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्बसाधारण र आयोजना प्रभावित स्थानीयलाई ८० करोड बराबरको ८० लाख बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको छ  ।   

कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  त्यस्तै कम्पनीले लमजुङ मै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved