लक्ष्मी क्यापिटलले सनफार्मरमा लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 01:56:17 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र  सौर्य उर्जा सेवा प्रदायक  कम्पनी सनफार्मर बिच सम्झौता भएको छ । सम्झौतामा  लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु¥याइरहेको सनफार्मरसँग सहकार्र्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए। उनले अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।  

निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटलले सनफार्मरमा लगानी गर्न लागेको हो । संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरीसकेको छ ।  यस कम्पनीले सौर्य उर्जा संगै स्वास्थ, शिक्षा र कृषिको समेत  प्रवर्धन गर्ने उद्देश्यकासाथ हालसम्म ७,८४२,७८२ यूनिट स्वच्छ विद्युत उत्पादन गरी सकेकोे छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved