आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 03:24:28 PM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्तसँग गाभिने प्रक्रियामा रहेको आदर्श लघुवित्तको  शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मङ्सिर १४ गतेको निर्णय अनुसार आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा भएको हो । यस सँगै अब बिहिबार कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ ।

डिप्रोक्स र आदर्श लघुवित्तबीच गत असोज १४ गते गाभ्ने गाभिने सम्झौता भएपछि आदर्शको शेयर कारोबार रोक्का थियो।  नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार  अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । 

सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका सिद्धार्थ इन्स्योरेन्स, एनसीसी बैंक,  सेन्चुरी बैंक, साना किसान विकास लघुवित्त, आरएमडिसी लघुवित्त, कुमारी बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, सिभिल बैंकको शेयर कारोबार फुकुवा भईसकेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved