प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 03:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ  ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मङ्सिर १५ गतेको निर्णय अनुसार यी २ कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । यस सँगै अब आगामी आइतबार कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ ।   नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

प्रभी इन्स्योरेन्सले अजोड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको थियो । त्यस्तै प्रिमियर इन्स्योरेन्सले सिद्धार्थ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि कम्पनीको कारोबार रोक्का भएको थियो । 

नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार  अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । 

सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका आदर्श लघुवित्त,  सिद्धार्थ इन्स्योरेन्स, एनसीसी बैंक,  सेन्चुरी बैंक, साना किसान विकास लघुवित्त, आरएमडिसी लघुवित्त, कुमारी बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, सिभिल बैंकको शेयर कारोबार फुकुवा भईसकेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved