फरक क्षमता भएका व्यक्तिलाई एनआइबिएल एस क्यापिटलमा निशुल्क डिम्याट तथा मेरोसेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 01:27:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनअईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा मेरोसेयरको खाता निशुल्क खोल्न मिल्ने योजना ल्याएको छ । कुनैपनि ग्राहकवर्ग तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट बञ्चित हुन नपरोस् भन्ने,उद्देश्यका साथ यस विशेष योजना ल्याएको कम्पनीले जनाएको छ।

यस वर्ष पर्न आएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सबै फरक क्षमता भएका व्यक्तिहरुले, एनआइबिएल एस क्यापिटलबाट निशुल्क डिम्याट तथा मेरोसेयरको खाता खोल्न सक्ने कुरा क्यपिटलले जनाएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो सेवा प्रवाहलाई झन्झट रहित सरल एवं सहज बनाउने उद्देश्य सहित हितग्राही खाता खोल्न तथा मेरो शेयर दर्ता  विद्मुतिय प्रणाली मार्फत सहज रुपमा गरिरहेको उल्लेख गरेको छ ।

क्यापिटलका अनुसार उक्त योजना यहि मंसिर १६ गतेदेखि मंसिर १८ गते (३दिन) सम्मको लागिलागु हुने छ । उक्त योजना अवधिभर एनआईबिएल एस क्यापिटल लिमिटेडमा डिम्याट तथा मेरोसेयरको खाता खोल्ने फरक क्षमता भएका ग्राहकवर्गमध्ये बाट गोलाप्रथाद्वारा छनोट गरी ५ जना भाग्यशाली बिजेतालाई एनआईबिएल सहभागिता फण्डको १०० इकाई उपहार प्रदान गर्ने पनि क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved