१९ सयबाट पनि तल झर्यो नेप्से सूचक: शिवम सिमेन्टको कारोबार उच्च, बैंकिङ समुहमा धेरै गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2022 | 03:29:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ३१.९७ अंकले घटेर १८८५.३१ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २५३ कम्पनीका ३५ लाख १२ हजार ८ सय ३४ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ ८ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सर्वाधिक १० करोड ९३ लाखको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ७ करोड ५८ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ५ लाख, एनआईसी एसिया बैंकको ३ करोड ९२ लाख तथा रिडी हाइड्रोको ३ करोड २० लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने समिट लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । त्यस्तै मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ९.५० प्रतिशतले बढेको छ । धौलागीरी लघुवित्तको शेयर मूल्य ६.०८ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये नाडेप लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ भने पांचथर पावरको शेयर मूल्य ६.९७ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य ५.७४ प्रतिशतले घटेको छ भने शिवश्री हैदोरको शेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५.१२ प्रतिशतलले घटेको छ ।

आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन् । जस मध्ये बैंकिंग समुह सर्वाधिक २.३० प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये १८० कम्पनीको शेयर मूल्य घटेको छ भने २५ कम्पनीको मूल्य बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved