कुन मूल्यमा भयो इस्टर्न हाइड्रोपावर र पिपुल्स हाइड्रोको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2022 | 10:53:35 AM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबारबाट २ वटा कम्पनीको शेयर कारोबार सुचारु भएको छ । आज इस्टर्न हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको कारोबार सुचारु भएको हो । 

आज स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसँगै अब नियमित सत्रमा यी कम्पनीको शेयर कारोबार हुने छ । 

इस्टर्न हाइड्रोको पहिलो कारोबार प्रति कित्ता २१६ रुपैयाँमा भएको छ । नेप्सेले इस्टर्न हाइड्रोको पहिलो कारोबारको लागि ७१ रुपैयाँ ३३ पैसादेखि २१६ रुपैयाँ ९९ पैसासम्मको सुरुवाती रेन्ज तोकेको थियो। यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने ब्यबस्था रहेकोमा अधिकतम मूल्य बाट नै कारोबार सुरु भएको हो।  इस्टर्न हाइड्रोको शेयर EHPL सिम्बलबाट कारोबार भएको हो 

त्यस्तै पिपुल्स हाइड्रोको पहिलो कारोबार प्रति कित्ता ३०० रुपैयाँमा भएको छ । नेप्सेले पिपुल्स हाइड्रोको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँ सम्मको रेन्ज तोकेको थियो। यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने ब्यबस्था रहेकोमा अधिकतम मूल्य बाट नै कारोबार सुरु भएको हो।  पिपुल्स हाइड्रोको शेयर PHCL सिम्बलबाट कारोबार भएको हो। 

हिजो मंगलबार इस्टर्न हाइड्रोको ६२ लाख कित्ता, पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता र श्रीजनशील लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत भएको थियो । स्पेसल प्रि ओपन सेसनमा कारोबार नहुँदा श्रीजनशील लघुवित्तको भने आज कारोबार हुने छैन । नेप्सेले श्रीजनशील लघुवित्तको पहिलो कारोबारको लागि ३०२ देखि  ९०६ रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।  

अब बिहिबारको स्पेसल प्रि ओपन सेसनमा मूल्य तय भएमा बिहिबारदेखि श्रीजनशील लघुवित्तको पनि कारोबार हुने छ 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved