रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2022 | 03:56:51 PM मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मङ्सिर २८ गतेको निर्णय अनुसार कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । 

यस सँगै अब मङ्सिर २९ गते बिहिबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ ।   नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।  

नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार  अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका दर्जन बढी कम्पनीको कारोबार फुकुवा भईसकेको छ ।  

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स बीच मर्जर सम्झौता भएपछि कम्पनीको कारोबार रोक्का रहेको थियो। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved