सेन्चुरी कमर्शियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 10:36:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकको लाभांश सुरक्षित गर्ने आज पुस ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले  साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

 बैंकले पुस १४ गते बिहिबार आर्मी अफिसर्स क्लबमा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश र मर्जर सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफ बाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

 बैंकको सभामा आ.व.२०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव हुने छन् । विशेष प्रस्ताव अन्तर्गत प्रभु बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पेश हुने छ । त्यस्तै मर्जर सम्बन्धि बाँकि सम्पूर्ण काम गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

१:१ को स्वापमा प्रभु बैंकले सेन्चुरीलाई गाभ्न लागेको हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved