एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 09:05:01 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

 कम्पनीले पुस २० गते बिहान ११ बजे आम्रपाली व्यान्क्वीट काठमाडौँमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावः

–साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने

–आर्थिक वर्ष २०७८/७९ को वार्षिक नाफा/नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु छलफल गरी पारित गर्ने

–आगामी आथिृक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने

– कम्पनीको हाल कायम रहेको चुक्त पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार सात सय रुपैयाँको ५.२६ प्रतिशतले हुन आउने ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ बराबरको नगद लाभाश(कर सहित) वितरणका लागि स्वीकृति दिने

–लेखापरीक्षण समिति लगायत अनय उपसमितिहरुको बैठक भत्ता निर्धारण गर्ने 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved