बुटवल पावरको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 09:53:49 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावरले लाभांश घोषणा गरेको छ  । कम्पनीले पुस ७ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  

जस अनुसार कम्पनीले हाल कायाम चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद गरि कुल १२.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो  । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  । 

कम्पनीले आगामी पुस ३० गते कार्की ब्यान्क्वेटमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

  सामान्य प्रस्ताव:
१. संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वित्तिय विवरणहरू उपर छलफल गरी पारित गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस अनुसार आ.व. २०७९/०८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. शेयर दाखिल खारेज बन्द भएको मितिसम्म कायम शेयरधनीहरूलाई आ.ब. २०७८/०७९ को मुनाफाबाट चुक्ता पूंजीको ७.५% ( सात दशमलव पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने ।

५. स्वतन्त्र संचालक नियुक्त गर्ने ।

६. सर्वसाधारण शेयरधनीहरूको तर्फवाट प्रतिनिधित्व गर्ने एक जना महिला संचालक सहित दुई जना संचालकहरूको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव:
१. बोनस शेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीको चुक्ता पूँजी बृद्धि गर्ने र प्रवन्धपत्रको दफा ५ (ख) संशोधन गर्ने ।
(नोटः शेयरधनीहरूलाई ५% बोनस शेयर जारी गर्नका लागि कम्पनीको हालको चुक्ता पूँजी रू. ३,२४,६३,२६,८००/- बृद्धि गरी
रू. ३,४०,८६,४३,१००/- पुऱ्याउने । बोनस शेयर बाँडफाँड गर्दा दशमलव पछिको अंकलाई राउण्ड अफ गर्दा यस अंकमा समायोजन हुन सक्ने ।)

२. आ.ब. ०७८/०७९ को मुनाफा तथा संचित लाभांश समेतबाट चुक्ता पूंजीको ५% (पाँच प्रतिशत बोनस शेयर जारी गर्ने ।

३. आ.व. २०७८ २०७९ मा विभिन्न संस्था तथा व्यक्तिहरूलाई दिइएको आर्थिक सहयोग रकम रू. २,५२,८२० /- अनुमोदन गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved