नेप्सेमा ५ कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 05:49:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।   साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुधबार बुक क्लोज गर्ने निर्णय गरेका ५ कम्पनीको शेयर मूल्य समायोजन भएको हो । 

आज सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, बिन्धवासिनी हाइड्रो र राधि विद्युत कम्पनीको  मूल्य समायोजन भएको हो 

सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३०१ रुपैयाँ ३३ पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३९ रुपैयाँ थियो । सिद्धार्थ बैंकले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले १२.५० प्रतिशत बोनस शेयर र ०.६६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २८७ रुपैयाँ ७७ पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २९६ रुपैयाँ ४० पैसा थियो । नेपाल एसबिआई बैंकले पुस २५ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३६ रुपैयाँ ८९ पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३४७ रुपैयाँ थियो । लुम्बिनी विकास बैंकले पुस २६ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले ३ प्रतिशत बोनस शेयर र ९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ 

राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २११ रुपैयाँ ९३ पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २२२ रुपैयाँ थियो । राधि विद्युत कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले ४.७५  प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

विन्धवासिनी हाइड्रोको ५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६५ रुपैयाँ ७१ पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३८४ रुपैयाँ थियो । विन्धवासिनी हाइड्रोले पुस २२ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.०२६३२ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved