वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई आईपिओमा सहजीकरण गर्न गरिमाले सुरु गर्यो हेल्पडेस्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 02:58:25 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा क्यापिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ ) सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष संचालनमा ल्याएको छ।नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका – २०७९” ले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपिओमा आरक्षण प्रदान गरेसँगै क्यापिटलले यसबारे थप जानकारी दिन सहायता कक्ष संचालनमा ल्याएको हो।

 बैंकमा रेमिट्यान्स बचत खाता खोल्नको लागि, डिम्याट÷हितग्राही र मेरोशेयर खाता खोल्नको लागि,  बैंकबाट सिआरएन नम्बर लिनको लागि, आईपिओमा आवेदन दिनको लागि सहायता कक्षमा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ । 

सहायताकक्षमा कम्पनीको ल्याण्डलाईन नम्बर ०१४५२९१४९÷५०, ४५१६६९१ वा भाईबर, व्हाटएप्स, वा बोटिम मार्फत सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ । त्यस्तै कक्षमा रहने  श्रवण दाहाल ( ९८४७३७९००९) र  शशी कुइँकेल ( ९८४७३७९०१०) लाई सिधै फोन गर्न पनि सकिने क्यप्तिअलले उल्लेख गरेको छ ।

निर्देशिका अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्टयाउनु पर्छ। 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved