प्रभु क्यापिटलको नयाँ अफर: ९९९ मा आजीवन डिम्याट सुविधा, साथमा १ लाखको बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2023 | 01:58:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले अंग्रेजी नयाँ वर्षको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ । क्यापिटलले हालको ९९९ डिम्याट स्किममा थप विशेषता थपी “ प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔ” भन्ने स्लोगन सहित “९९९ आजीवन डिम्याट खाता” योजना सार्वजनिक गरेको हो।

ग्राहकहरुलाई वार्षिक डिम्याट नविकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको क्यापिटलले जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष रु १०० नवीकरण शुल्क बुझाउनुपर्ने रहेकोछ अन्यथा खाता फ्रिज हुने यावत समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने हुन्छ। सोही समस्याको हल स्वरुप प्रभु क्यापिटलले यो योजना ल्याएको र नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुने क्यापिटलले प्रष्ट पारेको छ ।

क्यापिटलका अनुसार यस योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बीमा पनि पाउने छन्। 

यो योजनाले सक्रिय रुपमा पूँजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रुपमा भित्रायाउनमा सघाउ पुरयाउने विश्वास क्यापिटलले लिएको जनाएको छ । क्यापिटलका अनुसार यो डिम्याट खाता देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने छन्। यसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा Video KYC वा In App verification छनौट गरी आफ्नो अनुकूलता अनुसार समय लिई तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सक्ने क्यापिटलले जनाएको छ । 

 यस योजनामा लगानी व्यवस्थापन सेवा (पिएमएस) मा पुराना भएका शेयर पोर्टफोलियोको निशुल्क पुनःसंरचना साथै वार्षिक शुल्कमा ५० प्रतिशत छुट हुने क्यापिटलले उल्लेख गरेको छ । 

 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved