३ फाइनान्स सहित यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2023 | 08:24:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १८ गते विभिन्न ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेका ५  कम्पनीको आज पुस १८ गते लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

आज पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । साधारणसभाले पारित गरेपछि कम्पनीका शेयरधनीलाई लाभांश बितरण हुने छ ।

हेर्नुस् ति कम्पनी, साधारणसभाको मिति र प्रस्ताव गरिएको लाभांश दर:


१. कम्पनीको नाम : श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स 

साधारणसभा मिति: पुस २९ 

लाभांश : ५.२० प्रतिशत नगद र २.४० प्रतिशत बोनस 


२. कम्पनीको नाम : पोखरा फाइनान्स 

साधारणसभा मिति: पुस ३० 

लाभांश : ०.२१ प्रतिशत नगद र ४ प्रतिशत बोनस 


३. कम्पनीको नाम : आईसीएफसी फाइनान्स 

साधारणसभा मिति: पुस २९ 

लाभांश : ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस 


४. कम्पनीको नाम : सीवाईसी नेपाल लघुवित्त 

साधारणसभा मिति: पुस ३० 

लाभांश : १.५८ प्रतिशत नगद र ३० प्रतिशत बोनस 


५. कम्पनीको नाम : सिभिल बैंक 

साधारणसभा मिति: पुस २८ 

लाभांश : ०.२६ प्रतिशत नगद र ५ प्रतिशत बोनस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved