युनियन लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन, नगद नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2023 | 11:47:36 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन भएको छ । बीमा प्राधिकरणको निर्देशन अनुसार लाभांश परिमार्जन गरिएको कम्पनीले जनाएको छ  । 

यस अघि कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५५३ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले ८.९७ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो  । अर्थात् कम्पनीले नगद लाभांश प्रस्ताव नगरी बोनस शेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको हो  । 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved