लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 10:01:18 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश संशोधन गरेको हो ।

कम्पनीले यस अघि ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । अब भने कम्पनीको माघ १० गतेसम्पन्न संचालक समितिको बैठकले ६.९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले लाभांश परिमार्जन गरेको जनाएको छ । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरे पछि मात्रै उक्त लाभांश शेयरधनीहरुले पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved