शांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 10:16:09 AM मा प्रकाशित

laxmi  sunrise bank

शांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।  कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनस शेयर र  कर प्रयोजनको लागि ०.४४९ प्रतिशत नगद लाभांश गरि कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख रहेको छ । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved