ङादी ग्रुप पावरको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2023 | 01:44:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावरले लाभांश घोषणा गरेको छ । कम्पनीको आज फागुन १ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी  १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४.७५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले फागुन २५ गते साधारणसभा गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved