नाडेप लघुवित्तले प्रस्ताव गरेको लाभांश रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2023 | 05:02:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्तले प्रस्ताव गरेको लाभांश रद्द भएको छ  । कम्पनीको माघ २९ गते दिउँसो ३ बजे बसेको संचालक समितिको बैठकले यस अघि घोषणा गरिएको लाभांश प्रस्ताव रद्द गर्ने निर्णय गरेको हो।

कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 

तर डिप्रोक्स लघुवित्तसँगको प्राप्ति कार्य सम्पन्न हुन नसकी सैद्धान्तिक सहमति बदर भई अर्को कुनै वित्तीय संस्थासंग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि शेयरहोल्डरहरूलाई दिने लाभांश वितरणमा नेपाल राष्ट्र बैंकबाट प्रतिवन्ध लगाईएकोले प्रस्तावित लाभांश वितरण गर्न नसकिने अवस्था आएको कम्पनीले जनाएको छ। कम्पनीको सञ्चालक समितिको १७७औं बैठकको निर्णयबाट उपरोक्त बमोजिम प्रस्तावित लाभांश रद्द गरेको हो।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved