३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 09:02:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आज फागुन ११ गते ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  साधारणसभा प्रयोजनको लागि फागुन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको प्रभु इन्स्योरेन्स र फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेका सबैको लघुवित्त र सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो  ।

आज फागुन ११ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

प्रभु इन्स्योरेन्सले फागुन २३ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले ६.७० प्रतिशत बोनस शेयर र ०.३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

सबैको लघुवित्तले  फागुन २६ गते बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा सभा आह्वान गरेको छ  । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १८ प्रतिशत बोनस शेयर र ०.९५  प्रतिशत नगद गरि कुल १८.९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

सिभिल लघुवित्तले फागुन २९ गते त्रिपुरेश्वर स्थित बोगनभिल्लामा साधारणसभा आह्वान गरेको छ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश गरि कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  

कम्पनीको साधारणसभाले पारित गरेपछि आजसम्म कायम शेयरधनीले यी कम्पनीले दिने लाभांश पाउँन सक्ने छन् । 




 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved