१ वर्षपछि छ्याङदी हाइड्रोको ४० प्रतिशत हकप्रद रद्द, अब १५० प्रतिशत प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2023 | 10:16:23 AM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङदी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले १:१.५ को अनुपातमा १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले यस अघि ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको २०७८ पुस ३० गते सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको थियो । तर कम्पनीको २०७९ फागुन १२ गते बसेको संचालक समितिको बैठकले यस अघि साधारणसभा पारित गरेको ४० प्रतिशत हकप्रद रद्द गरि १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेको १ वर्षपछि पुरानो प्रस्ताव रद्द गरेर कम्पनीले नयाँ प्रस्ताव गरेको हो ।

नियमनकारी निकायले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved