अपर तामाकोशीले नियमन आयोगबाट पायो हकप्रद निष्काशनको स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2023 | 08:41:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको लागि स्वीकृति पाएको छ । आयोगले हकप्रद निष्काशनको लागि स्वीकृति दिएको पत्र कम्पनीका कम्पनी सचिवले आज मंगलबार बुझेका छन् । 

अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको लागि अनुमति माग गर्ने छ ।  बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । 

अपर तामाकोशीले १:१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले  प्रति शेयर १०० रुपैयाँको दरले हुने  दश अर्ब उनान्साठ्ठी करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। 

कम्पनीले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक र सह बिक्रि प्रबन्धक चयन गरिसकेको छ  ।  कम्पनीले नागरिक लगानी कोषलाई बिक्रि प्रबन्धक र सनराइज क्यापिटललाई सह बिक्रि प्रबन्धक नियुक्त गरेको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved