हकप्रद निष्काशनको अनुमति माग गर्दै अपर तामाकोशीद्वारा धितोपत्र बोर्डमा आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2023 | 01:06:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन १८ गते बोर्डमा आवेदन दिएको हो । बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । 

अपर तामाकोशीले १:१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले  प्रति शेयर १०० रुपैयाँको दरले हुने  दश अर्ब उनान्साठ्ठी करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। 

कम्पनीले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक र सह बिक्रि प्रबन्धक चयन गरिसकेको छ  ।  कम्पनीले नागरिक लगानी कोषलाई बिक्रि प्रबन्धक र सनराइज क्यापिटललाई सह बिक्रि प्रबन्धक नियुक्त गरेको हो  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved