रावा इनर्जीले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 12:08:49 PM मा प्रकाशित

laxmi  sunrise bank

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन २५ गते अनुमति प्रदान गरेको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका लागि गरि कुल ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

 कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved