कुन मूल्यमा भयो एशियन हाइड्रोपावर र कालिन्चोक दर्शनको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 10:56:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन हाइड्रोपावर लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको शेयर कारोबार सुचारु भएको छ । आज बिहिबार नेप्सेको स्पेसल प्रि ओपनमा सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसँगै कम्पनीको कारोबार सुचारु भएको हो ।

एशियन हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार २९८ रुपैयाँमा भएको छ भने कालिन्चोक दर्शन लिमिटेडको पहिलो कारोबार १३४.४ रुपैयाँमा भएको छ। बुधबार एशियन हाइड्रोपावरको ३४ लाख कित्ता शेयर र   कालिन्चोक दर्शन लिमिटेडको ६० लाख कित्ता शेयर सुचिकृत भएकोथियो । 

  नेप्सेले  एशियन हाइड्रोको पहिलो कारोबारको लागि ९९.६० रुपैयाँ देखि  २९८.८० रुपैयाँ सम्मको रेन्ज तोकेको थियो । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने व्यवस्था थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।  कम्पनीको AHL सिम्बलबाट कारोबार भएको छ  ।

त्यस्तै  नेप्सेले कालिन्चोक दर्शन लिमिटेडको पहिलो कारोबारको लागि ७८.१५ रुपैयाँ देखि  २३४.४५ रुपैयाँ सम्मको रेन्ज तोकेको थियो । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने व्यवस्था थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।   कम्पनीको KDL सिम्बलबाट कारोबार भएको छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved