शेयरबजारमा दोहोरो अंकको गिरावट, मर्जरको हल्लाले एनआईसी र सिद्धार्थ बैंकको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 03:20:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १८.१५ अंकले घटेर १९१५.१४ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २५९ कम्पनीका ४३ लाख ४० हजार २ सय ७० कित्ता शेयर खरिद बिक्रीबाट १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८ सय २ रुपैयाँको कारोबार भएको छ ।

आज एनआईसी एसिया बैंकको सर्वाधिक २१ करोड ७४ लाख तथा सिद्धार्थ बैंकको ८ करोड ३५ लाख बराबरको कारोबार भएको छ । यी दुई बैंक एक आपसमा मर्ज हुने हल्लाले यी दुई बैंकको सर्वाधिक कारोबार भएको हो । हल्ला कै कारण आज एनआईसी एसिया बैंकको शेयर मूल्य ५.१२ प्रतिशतले घटेको छ भने सिद्धार्थ बैंकको शेयर मूल्य ८.३४ प्रतिशत बढेको छ । सामाजिक संजालमा यी दुई बैंकहरु मर्ज हुने हल्ला चलेपछि यसबारे औपचारिक रुपमा केहि पनि आएको छैन ।

आज कारोबारमा आएका मध्ये मायाखोला हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने एशियन हाइड्रोको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ । त्यस्तै सिद्धार्थ बैंकको शेयर मूल्य ८.३४ प्रतिशतले बढ्दा बोटलर्स नेपालको शेयर मूल्य ५.२१ तथा लिबर्टी इनर्जीको शेयर मूल्य ४.२६ प्रतिशतले बढेको छ ।

आज युनिक नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.४६ प्रतिशत घटेको छ भने श्रिंजनशील लघुवित्तको शेयर मूल्य ६.८३ प्रतिशतले घटेको छ । त्यस्तै खप्तड लघुवित्तको शेयर मूल्य ६.०२ प्रतिशत, शुभम पावरको शेयर मूल्य ५,७४ प्रतिशत तथा एनआईसी एसिया बैंकको शेयर मूल्य ५.१२ घटेको छ ।

आज कारोबारमा आएका मध्ये सबै समुहगत उपसुचक घटेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ३.०५ प्रतिशत, माइक्रोफाइनान्स समुह १.६७ प्रतिशत तथा हाइड्रो समुह १.४१ प्रतिशत घटेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved