
नेपाल धितोपत्र बोर्डले एक साथ २ वटा सामुहिक लगानी योजना स्वीकृत गरेको छ । बोर्डले सिटिजन क्यापिटल र आरविवि मर्चेन्ट बैंकिङलाई सामुहिक लगानी कोष योजनाको इकाई निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
सिटिजन क्यापिटलले १ अर्ब आकारको सिटिजन सुपर ३० म्युचुअल फण्ड योजना र आरविविले १ अर्ब २० करोड बराबरको आरविवि म्युचुअल फण्ड २ योजना संचालनको लागि अनुमति पाएको हो । यी दुवै बन्दमुखी म्युचुअल फण्ड योजना हुन् ।