नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2023 | 08:23:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत्र १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १५ गतेदेखि साधारणसभा नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १४ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

 कम्पनीले चैत्र २८ गते धुलिखेलमा साधारणसभा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र  १ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्न ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्न ।

३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व. ०७९/८० को लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५ (घ) वमोजिम लेखापरीक्षण समितिको सिफारिस वमोजिम लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्न ।

४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब. २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले (बोनस शेयरको कर प्रयोजनको लागि मात्र) हुन आउने रकम रू. ३०,३३,९५३/- ( तिस लाख तेत्तिस हजार नौसय त्रिपन्न रूपैया मात्र) नगद लाभांस वितरण गर्न स्वीकृति दिने।


विशेष प्रस्तावहरु

१) संचालक समितिले प्रस्ताब गरे बमोजिम यस वित्तीय संस्थाको आ.ब. २०७८/७९ सम्मको संचित मुनाफाबाट हालको चुक्ता पूँजी रू. ३०,३३,९५,२६०।- (अक्षरेपी तिस करोड तेत्तिस लाख पन्चानब्बे हजार दुईसय साठी मात्र) को १९% (उन्नाईस प्रतिशत) ले हुन आउने रकम रू. ५,७६,४५,०९९- (पाँच करोड छयत्तर लाख पैतालिस हजार उनान्सय रूपैया मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताब स्वीकृत गर्ने ।

२) सर्वसाधारणको लागि छुट्याएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (Further Public Issue) गर्न र सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरू गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने सम्बन्धमा ।

३) थप सार्वजनिक निष्काशन (FPO) र बोनस शेयर वित्तरण पश्चात वित्तीय संस्थाको पूँजी बृद्धि हुने भएकोले पूँजी बृद्धि लगायतका विषयमा प्रबन्धपत्र / नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।

४) नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने/गाभिने (मर्जर गर्ने) सम्वन्धमा संचालक समितिको तर्फवाट प्रस्तुत हुने अध्यक्षज्यूको प्रतिवेदन उपर छलफल गरी पारित गर्न ।

५) नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने/गाभिने (मर्जर गर्ने) कार्य प्रयोजनका लागि चल अचल सम्पत्ती तथा कारोवारको मुल्याँकनकर्ताले तयार गरेको मूल्यांकन प्रतिवेदन (DDA Report) समेतको आधारमा संयुक्त मर्जर समितिबाट निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात ( Share Swap Ratio) १:१ (एक शेयर बरावर एक शेयर) लाई पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्न ।

६) नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने/गाभिने (मर्जर गर्ने) प्रयोजनका लागि ब्यावसायिक योजना तथा प्रक्षेपण (Business Plan and projection), चल अचल सम्पत्ति, दायित्व तथा कारोवारको मूल्यांकन प्रतिवेदन (Due Deligence Audit - DDA ) गर्न नियुक्त लेखापरीक्षक (मूल्यांकनकर्ता) को नियुक्ती तथा पारिश्रमिकलाई अनुमोदन गर्न।

७) नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने/गाभिने (मर्जर गर्ने) प्रयोजनका निम्ति भएको आपसी समझदारीपत्र (MOU), सम्पत्ती तथा दायित्वको मुल्यांकन प्रतिवेदन (DDA Report), संयुक्त मर्जर समिति तथा संचालक समितिले मर्जर सम्बन्धमा गरेका निर्णयहरूको अनुमोदन गर्ने । साथै एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्यका लागि अन्तिम सम्झौता गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्न ।

८) नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने/गाभिने (मर्जर गर्ने) कार्य सम्पन्न भए पश्चात बन्ने संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरूको मनोनयनलाई अनुमोदन गर्ने । साथै नयाँ संचालक समिति गठन भए पश्चात पुराना संचालक समितिका पदाधिकारीको कार्यकाल स्वतः समाप्त भएको मानिनुका साथै नयाँ संचालकको कार्यकाल आगामी साधारण सभा नभएसम्मका लागि कायम रहनेछ भन्ने प्रस्ताव पारित गर्न ।

९) नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने/गाभिने (मर्जर गर्ने) कार्य सम्पन्न भए पश्चात बन्ने संस्थाको नाम विजय लघुवित्त वित्तीय संस्था लिमिटेड रहने विषयको प्रस्ताव पारित गर्न ।

१०) नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्ने/गाभिने (मर्जर गर्ने) कार्य सम्पन्न भए पश्चात शेयर पूँजी संरचनामा परिवर्तन हुने भएकोले वित्तीय संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा थप सार्वजनिक निष्काशन (FPO) सहित चुक्ता पूँजी बृद्धि गर्ने विषयको प्रस्ताव पारित गर्न ।

११) वित्तीय संस्थाले अन्य वित्तीय संस्था गाभ्ने/गाभिने प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्न ।

१२) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संसोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाब वा निर्देशन दिएमा सोही अनुरूप आवश्यक संशोधन वा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved